तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बेचिएकी महिलाको माइती नेपालद्वारा उद्धार

कञ्चनपुर । माइती नेपाल कञ्चनपुरले भारतको सिम्लामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको उद्धार गरेको छ ।  
सिम्लामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरी महेन्द्रनगर ल्याएको छ । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताउनुभयो ।

सल्यान जिल्लाकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएको संयोजक भट्टले बताउनुभयो । घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाइफकाइ भारत लगेको देखिएको उहाँले बताउनुभयो । 

उहाँले सिम्लाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताउनु भएको छ । माइती नेपालले फरार रहेका विक माथि कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button