तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले फागुन १ गतेदेखि सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गर्ने 

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ  । 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आज प्रदेश कमिटीहरूका नाममा आज एक पत्र जारी गर्नुहुँदै प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।

सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई केन्द्रित रहेर कार्यक्रम आयोजना गर्न लागिएको एमाले जनाएको छ ।

फागुन १ गतेदेखि प्रत्येक प्रदेशमा दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको बताइएको छ ।

उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने एमाले जनाएको छ  ।

कार्यक्रम प्रदेश नं १ को फागुन १ र २, गते विराटनगरमा, मधेस प्रदेशको  ३ र ४ गते जनकपुरमा, बागमती प्रदेशको फागुन ६–७, काठमाडौँमा, गण्डकी प्रदेशको फागुन ८ र ९,  गते पोखरामा, लुम्बिनी प्रदेशको फागुन ११ र १२ गते बुटवल र दाङमा, कर्णाली प्रदेशको फागुन १४ र १५ गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको फागुन १६ र १७, धनगढीमा हुने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button