तपाईँ सुन्दै हुनुहुन्छः

भूमि आयोग र बिर्तामोड नगरपालिकाबीच सम्झौता 

भद्रपुर, झापा । राष्ट्रिय भूमि आयोग र झापाको बिर्तामोड नगरपालिकाबीच भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबास व्यवस्थापनका लागि सम्झौता भएको छ ।

आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोगबीच आज दुई पक्षीय सम्झौता भएको हो । 

सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलकसिंह पाण्डे, सदस्य दाताराम खनाल, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको पहिचान लगत सङ्कलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । 

यसपछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरिएको छ । राष्ट्रिय भूमि आयोगले दोस्रो चरणमा बिर्तामोड नगरपालिकालाई छनोट गरेको हो । 

आयोगले पहिलो चरणअन्तर्गत जिल्लाको दमक, कनकाई, शिवसताक्षी र बुद्ध शान्ति गाउँपालिकालाई छनोट गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button