तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा एकसाथ ५ स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु

वीरगंज  । वीरगन्ज महानगरपालिकाले नगरका विभिन्न ५ स्थानमा एकैसाथ स्वास्थ्य केन्द्रको निर्माण कार्य सुरु गरेको छ । 

आज एक कार्यक्रमका बीच महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले वीरगन्जमा दुई वटा वडामा निर्माण गर्न लागिएको नगर स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । 

सो अवसरमा नगरप्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज महानगरपालिकाद्वारा निर्माण गर्न लागेको बताउनुभयो । 

बीरगंज महानगरपालिकाले निर्माण गर्न लागेका पाँच वटा स्वास्थ्य केन्द्रको भवन मध्ये आज एक कार्यक्रमका बीच नगरप्रमुख सरावगीले महानगरपालिकाको वडा नम्बर–१७ अलौँ र वडा नम्बर–२६ सुगौली बिर्तामा निर्माण गर्न लागिएको केन्द्रको पक्की भवनको शिलान्यास गर्नुभएको छ । 

महानगरपालिकाले यसअघि दुई वटा वडामा स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरेर सेवा समेत सुरु गरिसकेको नगर प्रमुखका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button