तपाईँ सुन्दै हुनुहुन्छः

मेची राजमार्गको इलाम धोबीधारा खण्ड एकतर्फी सञ्चालनमा

इलाम । मेची राजमार्गमा पर्ने इलाम जिरो किलोमिटर–धोबीधारा खण्ड आजबाट एकतर्फी सञ्चालनमा आएको छ ।  

इलाम नगरपालिकामा पर्ने धोबिधारा सडक खण्ड भत्किएर अवरुद्ध बनेको बनेको लामो समय भएको थियो । अवरुद्ध सडकको भित्ता खनेर सोमबार साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको छ । 

गत असोज १६ गते सुख्खा पहिरो गएपछि सडकको आधाभन्दा बढी भागमा क्षति पुगेको थियो । राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङसम्मका सबै सवारीसाधन इलाम बजार भएर सञ्चालन भइरहेको थियो । 

इलाम बजारभित्रको सडक साँगुरो भएकोले साना ठुला सवारीसाधन बजार तर्फबाट गुड्दा घण्टौँ जाम हुने गरेको थियो । मालवाहक सवारी साधनलाई दिनभर इलाम इलाम बजार आवागमनमा रोक लगाइएको थियो । मालवाहक सवारीसाधन राती मात्र सञ्चालन हुने गरेको थियो । 

डिभिजन सडक कार्यालयले मर्मतको काम गरिरहेको भए पनि पूर्ण रुपमा निमार्ण हुन समय लाग्ने भएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याएको छ । सडक निमार्ण गर्न रातदिन काम भइरहेको भए पनि पक्की सडक बनाउन अझ केही महिना लाग्ने डिभिजन प्रमुख विदुर पोख्रेलले बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button