बिजुलीको पोलबाट झरेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् वितरण केन्द्र ताप्लेजुङमा कार्यरत एक कर्मचारीको ज्यान गएको छ ।
सोमबार मध्यान्ह पोलमा चढेर बिजुली बनाइरहेको समयमा पक्की सडक रहेको भुईँमा बजारिँदा जिल्लाका फुङ्लिङ नगरपालिका वडा नं ४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
लिम्बु नगरपालिकाको वीरेन्द्र चोकको पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईँमा बजारिएर घाइते भएपछि अस्पताल पुर्याइएको थियो । अस्पतालमा लिम्बुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्