तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभा हल निर्माणमा ढिलाइ

मकवानपुर । ठेकेदार कम्पनीको बेवास्ताका कारण बागमती प्रदेश सभा हल निर्माणमा ढिलाइ हुने भएको छ । २०७९ वैशाख २१ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको निर्माणको काम ठेकेदार कम्पनीले काम नगर्दा ढिलाइ हुने भएको हो । 

हालसम्म सभाहल निर्माणको काम करिब २५ प्रतिशत मात्र सम्पन्न भएको छ । २०७७ कात्तिकमा १८ महिनाभित्रै निर्माण सक्ने गरी सभाहलको काम सम्झौता गरिएको थियो । तर, सभाहल निर्माणको ठेक्का अवधि समाप्त हुन ३ महिना मात्र बाँकी हुँदा सम्म प्रदेश सभा भवनको ट्रस्टको निर्माणको काम १५ महिनाको अवधिमा २५ प्रतिशत मात्र सकिएको छ । 

शहरी विकास तथा भवन कार्यालय हेटौँडाले नै बाँकी काम समयमै सक्न मुस्किल रहेको बताइएको छ । चार करोड ३७ लाखको लागतमा अर्घाखाँची सगुन पारामाउण्ट जेभीसंग ठेक्का सम्झौता गरिएको थियो । हेटौँडा–१० टिसिएनमा बनिरहेको प्रदेश सभाहलमा २ सय ५० जना अट्ने क्षमता छ । अहिले बागमती प्रदेशको संसद् भवन र प्रदेश सभा सचिवालय तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा अस्थायी रुपमा बसिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button