लागू औषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ

भद्रपुर, झापा । झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका– १५ मा प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ज्यामिरगढीबाट खटिएको संयुक्त गस्ती टोलीले शनिवार दिउँसो ३ बजे भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाउँ बस्ने अन्दाजी २५ वर्षीय मोहम्मद सुलतान र सोही ठाउँका अन्दाजी २७ वर्षीय रञ्जित गणेशलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
शङ्का लागेर चेकजाँच गर्दा सुलतानको साथबाट १५ ग्राम ब्राउन सुगर बरामद भएको र दुवै जनालाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्