राष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्तित्वबाट बसन्त श्रवण (फोटोफिचर)

काठमाडौँ । वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोकमा आज आयोजित विशेष समारोहमा पुग्नुभई राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परानुसार वसन्त श्रवण गर्नुभएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान साढे १० बजेको साइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभयो ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विशेष समारोहमा सहभागी हुनु भई वसन्त श्रवण गर्नुभएको छ ।

वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ ।











प्रतिक्रिया राख्नुहोस्