तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवा आजबाट सुचारु

पाल्पा । कोभिड सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय,इलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाको सेवा आजबाट सुचारु भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ ।सेवाग्राहीले सेवा लिन आउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोप कार्ड,प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिई आउनु पर्ने सूचनामा जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button