विश्व वैज्ञानिक सर्वेक्षण : त्रिविका २१ प्राध्यापक सूचीकृत

काठमाडौ । विश्व वैज्ञानिक र विश्वविद्यालय वरियता २०२२ को हालै प्रकाशित नतिजामा त्रिभुवन विश्वविद्यालयका २१ प्राध्यापकहरू सूचीकृत हुनुभएको छ । सूची एडि साइन्टिफिक इन्डेक्स् संस्थाले सार्वजनिक गरेको हो ।
सूँचीमा नेपालको वरियता क्रममा पहिलो नम्बरमा नानो साइन्स र नानो प्रविधिका प्राध्यापक हेमराज पन्त रहनुभएको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ वरियतामा क्रमशः मेडिकल हेल्थ साइन्सका प्राध्यापक रञ्जित साह र प्राध्यापक खेमबहादुर कार्की, इन्जिनियरिङ र प्रविधि अन्तर्गतको वातावरणीय विज्ञान र प्रविधिका प्राध्यापक रामकुमार शर्मा र कम्प्युटर विज्ञानका प्राध्यापक सुवर्ण शाक्य सूचीमा पर्नुभएको छ ।सूचीकाे छैटौँ नम्बरमा महिला वैज्ञानिक सिभिल इन्जिनियर मीनु श्रेष्ठ रहनुभएको छ ।
।
पन्त वैज्ञानिक लेख रचनाको साइटेशनको आधारमा गरिएको मूल्याङ्कनमा नेपालको पहिलो, क्षेत्रीय रूपमा एसियाको ११ हजार ५१ औँ स्थानमा र विश्व वरियतामा ८२ हजार ९ औँ स्थानमा पर्नुभएको छ ।
सूचीमा पर्ने अन्य वैज्ञानिकहरूमा इनर्जि इन्जिनियरिङका प्राध्यापक अजय कुमार झा, वातावरण विज्ञान र इन्जिनियरिङका प्राध्यापक नरेन्द्र मान शाक्य, मेडिकल हेल्थ साइन्सका प्राध्यापक विनोद कुमार यादव र प्राध्यापक अमोद पौड्याल, कृषि र वन विज्ञान अन्तर्गत वन विज्ञान अध्ययन संस्थानका प्रा.डा. ऋदिश कुमार पोख्रेल, मेकानिकल इन्जिनियरिङका प्राध्यापक त्रिरत्न बज्राचार्य, मेडिकल तथा हेल्थ साइन्सका प्राध्यापक योगेन्द्र प्रसाद सिंह, बायोमेडिकल इन्जिनियरिङका प्राध्यापक नारायण प्रसाद पराजुली, व्यापार र व्यवस्थापन अन्तर्गत सार्वजनिक प्रशासनका प्राध्यापक राजन पौडेल, न्युटिङशनका चिकित्सक प्राध्यापक प्रनिल मान सिंह प्रधान, फिजिक्सका प्राध्यापक भद्र पोख्रेल, इन्जिनियरिङका प्राध्यापक वसन्तराज अधिकारी, चिकित्सक प्राध्यापक विष्णुप्रसाद चौलागाईं, इनर्जि इन्जिनियरिङका प्राध्यापक श्रीराज शाक्य र कृषि र वन विज्ञान अन्तरगत कृषि वैज्ञानिक प्राध्यापक पुष्प पौडेल क्रमशः नेपाल भित्रको वरियता सूचीमा रहनु भएको छ ।
सर्वेक्षणले वैज्ञानिकहरूबाट अन्तर्राष्ट्रिय स्तरमा लेखिएका जर्नल लेखहरूको साइटेशनको विगतपाँच र दशवर्षको अवस्था सर्वेक्षण गरी नतिजा निकालेको हाे ।









प्रतिक्रिया राख्नुहोस्