तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमद्वारा भोल्टी सेवाको व्यावसायिक शुरुवात

काठमाडौँ । नेपाल टेलिकमले १८ औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको छ ।

file photo

कम्पनीले वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म र ६९ रुपैयाँमा माघ १७ गतेदेखि फागुन ३ गतसम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिनेछ ।

यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरू कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोग स्वरूप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तीमा एक/एक वटा सरकारी र सामुदायिक विद्यालयहरूमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकामा २०७८ साल मङ्सिर मसान्तसम्ममा दुई करोड २७ लाख नाघेको छ ।

टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले हाल मुलुकको करिब ७५ प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कूल आय ४२ अर्ब २१ करोड पुगेको छ । कम्पनीको खुद नाफा सात अर्ब १३ करोड भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button