तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीको टिमुर युरोपका बजारमा

सुर्खेत । कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने टिमुरको माग विदेशमा वर्षेनी बढ्दै गएको छ ।

कृषिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि प्रदेशको गुण स्तरीय टिमुरले अन्तर्राष्ट्रिय बजार पाएको हो ।

अहिले प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका कृषकले उत्पादन गरेको टिमुरको माग भारत लगायत युरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकामा समेत बढेको छ ।

ती देशका विशेष गरी नेपाली रेस्टुराँ र डिपार्टमेन्ट स्टोरबाट टिमुरको माग बढी आउने गरेको जुटिबुडी व्यवसायीहरू बताउँछन् । माग बढ्दै गएपछि हाल ती देशमा टिमुरको निर्यात पनि बढ्दै गएको व्यवसायीको भनाइ छ । विदेशमा माग बढेपछि टिमुर खेतीमा लागेका किसान र निकासीकर्ता दुवै उत्साहित भएका हुन् ।

कर्णालीबाट मात्रै बर्सेनि करिब १५ करोडको टिमुर भारत लगायत विभिन्न तेस्रो मुलुकमा निर्यात हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जर्मनी निर्यात गरिएको टिमुर मसला बनाएर थप ७५ राष्ट्रमा पुग्ने गरेको छ ।

अहिले सुर्खेतमा टिमुरको उत्पादकत्व बढाउन र बजार विस्तार गर्न डिभिजन वन कार्यालय, कृषि उद्यम विकास कार्यक्रम, डाबर नेपाल, सुर्खेत उद्योग वाणिज्य सङ्घ लगायतले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button