महिलाका लागि शिक्षक र लोक सेवा आयोगको निःशुल्क कक्षा हुने
अछाम । अछाममा महिलाहरूका लागि लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुने भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय अछामले कक्षा सञ्चालन गर्न लागेको हो ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महिला सशक्तीकरण कार्यक्रम सञ्चालन कार्यविधि (२०७८ बमोजिम महिलाहरूको लागी लोक सेवा राजपत्र अनङ्कित सहायक स्तर चौथो र पाँचौँ र शिक्षक सेवा आयोग निम्न माध्यमिक तहका लागि निःशुल्क तयारी कक्षा सञ्चालन हुने सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख धनराज धामीले बताउनुभयो ।
सदरमुकाम मङ्गलसेनमा सञ्चालन हुने कक्षामा लोक सेवा आयोग तर्फको कक्षाको अवधि ३० दिन दैनिक २ कक्षाको र शिक्षक सेवा आयोगको १५ दिन दैनिक २ कक्षा सञ्चालन हुने प्रमुख धामीले बताउनु भयो ।
कार्यालयले जिल्लाका १० वटै पालिकालाई जानकारी गराउँदै इच्छुक व्यक्तिले २०७८ माघ २९ गते भित्र आवेदन पेश गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्