तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो

वासिङ्टन ( अमेरिका) । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ ।

शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्। रासस–एएनआई–स्पुतनिक

प्रतिक्रिया राख्नुहोस्

Back to top button