तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ्गका कारण टावरमा समस्या आए पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द

भैरहवा । चट्याङ्गका कारण टावरमा समस्या आए पछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । 

शुक्रवार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आए पछि विमानस्थल बन्द गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताउनु भयो  ।

करिब ४ बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुँडिएको, लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताउनुभयो ।

समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ । दहालले भन्नुभयो भोलि बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।

विमानस्थल बन्द भए पछि भैरहवा विमानस्थलमा रहेका यात्रु र यहाँ आउने यात्रुहरू समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button