तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् ।

नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । 

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य  मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । 

मापदण्ड पुरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिनुभयो । 

विद्यालय सम्बद्ध विभिन्न पेसागत सङ्घ सङ्गठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । 

युवक सम्पर्कविहीन गोकर्णेश्वर नगरपालिकाका  वडा नं ९  शंखडोलका २७ वर्षीय शिशिर भण्डारी सम्पर्कविहीन भएका छन् । भण्डारीको परिवारले प्रहरीलाई गराएको जानकारी अनुसार उनी बिहीबारदेखि सम्पर्कविहीन छन् । 

भण्डारीको मोबाइल बन्द छ । परिवारले फेला पार्ने जो कोहीले पनि नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button