पर्सामा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई आजबाट मोर्डना खोप लगाइँदै
वीरगंज । पर्सामा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाकालाई मोर्डना खोप लगाइएको छ ।
मोर्डना खोपको पहिलो डोज लगाएका तथा पहिलो डोज लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन शुरु गरिएको छ । खोप अभियानको पहिलो दिन वीरगंज महानगरपालिकामा निजी विद्यालयका ८ वटा तथा सरकारी विद्यालयका ३ वटा गरी जम्मा ११ वटा विद्यालयमा खोप केन्द्र राखेर बालबालिकालाई खोप लगाइएको हो ।
५ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्यो भन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ ।
यसैगरी विद्यालय भन्दा बाहिर रहेका सो उमेर समूहका बालबालिकाहरूको हकमा नारायणी अस्पताल, वीरगंज हेल्थ केयर, ग्रीनसिटी आर्दशनगर, समुदायीक सेवा केन्द्र घण्टाघरमा खोप केन्द्रको व्यवस्था गरिएको छ भने अन्य स्थानीय तहहरूमा नजिकको विद्यालयमा गएर पनि खोप लगाउन सकिने छ ।
पर्सामा आज पहिलो दिन ६ हजार बालबालिकालाई पहिलो डोज लगाउने र १२ हजार बालबालिकालाई दोस्रो डोज लगाउने लक्ष्य रहेको छ । यसअघिको खोप अभियानमा पहिलो चरणमा २१ हजार बालबालिकालाई मोर्डना खोपको पहिलो डोज दिइएको थियो ।







प्रतिक्रिया राख्नुहोस्