तनहुँमा ८७ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप

तनहुँ । तनहुँमा १८ वर्षभन्दा माथिका ८७ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप पाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दिएको जानकारी अनुसार पहिलो डोज लगाउनेको सङ्ख्या २ लाख २१ हजार ६८ छ । १ लाख ९८ हजार ६ सय ४८ जनाले दुवै डोज खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार लक्षित जनसङ्ख्याको ९६ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
जिल्लामा १८ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्या २ लाख २९ हजार ३ सय ४७ जना रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कोरोना विरुद्धको खोपको दुवै डोज लगाउनेमा व्यास नगरपालिका भित्रका सबैभन्दा बढी छन् । यहाँ ५९ हजार ३ सय ३७ जनाले पहिलो डोज लगाएका मध्ये ५५ हजार ५ सय १५ जनाले दुवै डोज लगाएका छन् ।
यस्तै, शुक्लागण्डकी नगरपालिकामा ३९ हजार ३ सय ६३ जनाले पहिलो डोज लगाएका मध्ये ३५ हजार ३ सय ३१ जनाले दुवै डोज लगाएका छन् ।
त्यसैगरी, भानु नगरपालिकामा २९ हजार ८ जनाले पहिलो डोज लगाएका मध्ये २४ हजार २७ जनाले दुवै डोज लगाएका छन् ।
त्यस्तै, भिमाद नगरपालिकामा १८ हजार ६ सय ७८ जनाले पहिलो डोज लगाएका मध्ये १६ हजार ७ सय ८१ जनाले दुवै डोज लगाएका छन् भने छन् ।
यस्तै, आँबुखैरेनी गाउँपालिकामा १६ हजार १६ जनाले पहिलो डोज लगाएका मध्ये १४ हजार ८ सय ११ जनाले दुवै डोज लगाएका छन् ।
त्यसैगरी, म्याग्दे गाउँपालिकामा १५ हजार २ सय ४९ जनाले पहिलो डोज लगाएका मध्ये १३ हजार ७ सय ५३ जनाले दुवै डोज लगाएका छन् ।
त्यस्तै, बन्दिपुर गाउँपालिकामा ११ हजार २ सय ७६ जनाले दुवै डोज लगाएका छन् । यहाँ १२ हजार ४१ जनाले पहिलो डोज लगाएका थिए ।
यस्तै, ऋषिङ गाउँपालिकामा १० हजार ४ सय १४ जनाले दुवै डोज लगाएका छन् । यहाँ ११ हजार १ सय १३ जनाले पहिलो डोज लगाएका थिए ।
यस्तै, देवघाट गाउँपालिकामा ८ हजार ६ सय ४७ जनाले दुवै डोज लगाएका छन् । यहाँ ११ हजार १ सय ३६ जनाले पहिलो डोज लगाएका थिए ।
त्यसैगरी, घिरिङ गाउँपालिकामा ८ हजार ९३ जनाले दुवै डोज लगाएका छन् । यहाँ ९ हजार २ सय २७ जनाले पहिलो डोज लगाएका थिए ।
यस्तै, जिल्लामा १२ वर्षदेखि १७ उमेर समूहका ३२ हजार ४ सय ३७ जना बालबालिकाहरूलाई मोडर्ना खोपको पहिलो डोज लगाइएको छ ।
यस्तै, २० हजार ८७ जना बालबालिकाहरूलाई मोडर्ना खोपको पूर्ण मात्रा (दोस्रो डोज) लगाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्