बाँकेमा एकैदिन ८६ जना कोरोना सङ्क्रमणमुक्त

नेपालगञ्ज । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । जुन ४५.७१ प्रतिशत हो । यसमा बाँकेका मात्र १४ जना छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५१ छ । आज ८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा ७० नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
भेरीमा २० नमुना जाँच्दा ११, मेडिकल कलेजमा ३५ मा १५ र बागेश्वरी ल्याबमा १५ नमुनामा ६ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ४८ जना उपचाररत छन् । ती मध्ये ४६ जना मध्यम र २ जना सिकिस्त छन् ।
यस्तै जमुनाहा नाकामा २८४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको वलीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्