तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा लेक लागेर एक जनाको मृत्यु                 

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको धुपी डाँडामा लेक लागेर एक जनाको मृत्यु भएको छ ।

फालेलुङ गाउँपालिका ५ का ३१ वर्षीय विशाल मगरको लेक लागेर बिहीबार मृत्यु भएको छ ।

मगर आहाल भन्ने ठाउँमा रहेको चौँरी गोठमा जाने क्रममा हिउँको कारण लेक लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मृतक विशाल भाइ विक्रम मगरसँग आहाल जाँदै गर्दा हिउँमा हिँड्न नसकेर घर फर्कने क्रममा उनलाई लेक लागेको थियो । उनका भाइ विक्रमको स्वास्थ्य अवस्था भने ठिक रहेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button