तपाईँ सुन्दै हुनुहुन्छः

२ सय ४६ जनालाई ग्याँस सिलिन्डर र चुलो वितरण

बारा । बारा जिल्लाको पचरौता नगरपालिकाको वडा नम्बर ८ मा २ सय ४६ जनालाई ग्याँस सिलिन्डर र चुलो वितरण गरिएको छ ।

वडाका अति विपन्न, गरिब, दलित, ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई ग्याँस सिलिन्डर र चुलो वितरण गरिएको हो ।

पचरौता नगरपालिकालाई धुवाँमुक्त बनाउने अभियान अन्तर्गत ग्याँस सिलिन्डर र चुलो वितरण गरिएको नगर प्रमुख रमेश कुमार यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य अवध भूषण प्रसाद यादव, पचरौता नगरपालिकाका नगर प्रमुख रमेश कुमार यादव, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव लगायत विभिन्न वडाका वडा अध्यक्षहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button