तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली करिडोरमा गुड्यो पहिलो पटक बस

बाजुरा । कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काँक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश ०२ख ०१७६ नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको हो । 

कालिकोट जिल्ला कालिका गाउँपालिका कालेखोला र खुलालु जोड्ने पक्की पुल निर्माण पछि सुर्खेत देखि कर्णाली करिडोर राजमार्गमा बस गुडेको स्थानीय निर्जना मल्ले बताउनुभएको छ। नरहरि नाथ नगरपालिका वडा ८ खुलालु लालिघाट देखि बाजुरा जिल्लाको कुर्ना क्षेत्र जगन्नाथ गाउँपालिका वडा नम्बर–१ पिलुचौर बजार सम्म बस आइपुगेको हो। 

सुर्खेतको वीरेन्द्रनगर देखि दैलेख, कालिकोट हुँदै बाजुराको पिलुचौर बजारमा २दिन पछि पुगेको छ। बस चालक सन्दीप लामिछाने र  बस मालिक ओम प्रसाद तिवारी लगायत चार जनाको टोली कर्णाली करिडोर सडक अवलोकन गर्दै हुम्ला जिल्लाको सरिसल्ला पुगेका छन्। ट्रक र जिप सञ्चालन भइरहेको भएपनि बस सञ्चालन गर्नको लागि कर्णाली करिडोर राजमार्ग अवलोकनको लागि सुर्खेत काँक्रेविहार यातायात प्रालिले हचार जनालाई पठाएको बस चालक लामिछानेले जानकारी दिनुभएको छ। 

कर्णाली करिडोर राजमार्गको सडक राम्रो भए कानुनी प्रक्रिया पुरा गरी नियमित बस सेवा सञ्चालन गरिने सुर्खेत काँक्रेविहार यातायात प्रालिको खुलालु बस यातायात व्यवसायी संघका इन्चार्ज गोविन्द्र भण्डारीले बताउनु भएको छ । पिलुचौर बजारमा पहिलो पटक बस देखिएपछि स्थानीयहरूले खुसी हुँदै बस चालक लगायतलाई फुलमाला अबिरले स्वागत गर्दै धन्यवाद दिएका छन् ।  

बस सेवा सञ्चालन भए बाजुरा हुम्ला मुगुका जनतालाई  साँफेमार्तडी राजमार्ग यात्रा गर्दा अछाम, डोटी, डडेलधुरा, कैलाली र बर्दिया हुँदै बाँके नेपालगञ्ज पुग्दा  ३।४ दिन समय लागेर सास्ती हुने, भाडा  महँगो पर्ने लगायत समस्या बाट स्थानीयलाई  छुटकारा मिल्नेछ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button