तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा खोप भण्डारण र वितरण क्षमता विस्तारका लागि जापान र युनिसेफको हातेमालो

काठमाडौं ।  जापान सरकारले संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) मार्फत नेपालमा खोप कोल्ड चेन प्रणालीको सबलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ ।  

जापानले अनुदान मार्फत नेपालमा कोभिड १९ विरुद्धको खोपको विस्तारको लागि ९ वटा वाक इन कुलर्स , ३८ वटा सोलार ड्रिभन भ्याक्सिन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड बक्सहरू जस्ता उच्च गुणस्तरीय उपकरणहरू सहयोग गरेको हो ।

कोल्ड चेनको मर्मत तथा नियमित खोपको प्रभावकारी व्यवस्थापनको लागि आवश्यक मानव संसाधन विकास गर्नमा पनि यस अनुदान सहायताले सहयोग पुर्‍याइरहेको छ ।

जापानले यी उपकरणहरू गत वर्ष देखि देश भरी नै क्रमवद्धरुपमा प्रदान गर्दै आइरहेको थियो । सबै उपकरणहरू उपलब्ध गराउने कार्य भने गत आइतबार सम्पन्न भएको हो । 

नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपालले हाल ओमीक्रोन भेरियन्ट सहितको कोभिड १९ को तेस्रो लहरको सामना गरिरहेको बताउनुहुँदै यस्तो अवस्थामा नेपाललाई खोप भण्डारण र वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहायता प्रदान गरिएको बताउनुभयो । ‘महामारीको यस समयमा नेपाल सरकारको लागि खोप अभियान सबै भन्दा प्राथमिकताको विषय बन्न पुगेको छ । खोप अभियानको समयमा खोपको उपयुक्त भण्डारण महत्त्वपूर्ण हुन्छ र यो सहायताको उद्देश्य भण्डारण र देश भरी खोपको वितरण को क्षमता उल्लेख्य मात्रामा वृद्धि गर्नु हो ।’ राजदूत किकुता युताकाकोभ नाई छ ।

 उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो, तुलनात्मक रुपमा छिटो र कम खर्चमा स्थापित गर्न सकिने खालको रहेको उहाँले जानकारी दिनभयो । अनुदानमार्फत प्राप्त सौर्य ऊर्जाबाट सञ्चालित रेफ्रिजरेटरहरूले विद्यूतको आपूर्तिको अनियमितताबाट उत्पन्न समस्यासमेत समाधान गर्न उपयोगी हुने उहाँले बताउनुभयो । अनुदानबाट प्राप्त क्यारियर्स र बक्सहरूले यातायातको सुविधा नभएका ठाउँमा खोप वितरणमा सहयोगी हुने उहाँले बताउनुभयो । राजदूत किकुताले यो सहायताले खोपको पर्खाइमा रहेका हरेक व्यक्तिसम्म खोप पुर्‍याउने कार्यलाई गति दिने विश्वास गर्नुभयो । ‘म साँच्चै आशा गर्दछु की कोभिड १९ महामारीका चुनौतीहरू सामना गरिरहेका नेपाली जनताले छिटो भन्दा छिटो सामान्य र सुरक्षित जीवन जिउन पाउने छन्’ राजदूत किकुताले थप्नु भयो ।  

जापानले नेपाललाई कोभिड १९ विरुद्धका कार्यहरूलाई बल पु¥याउन हाल सम्म खोप, एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल र कोल्ड चेन उपकरणहरू उपलब्ध गराउँदै आइरहेको छ । जापानले हालै मात्रपनिहालै आर्थिक पुनर्लाभ, आर्थिक वृद्धि र सामाजिक उत्थानशीलताको लागि नेपाल सरकारलाई दश बिलियन जापनिज येन अर्थात् करिब १०.४ अरब नेपाली रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।   

नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले उच्च संक्रमण सङ्ख्यासँग जुधिरहेको अवस्थामा नेपाललाई उपलब्ध गराएको निरन्तर सहयोगको लागि जापान सरकारलाई कृतज्ञता व्यक्त गर्नुभयो । कोभिड १९ को सुरुवातसँगै युनिसेफले देश भित्रको आपूर्ति शृङ्खला प्रणाली बलियो बनाउन र कोभिड १९ विरुद्धको खोपहरूको व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने कोल्ड चेन क्षमताको सुनिश्चितताका लागि सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

यसका साथै युनिसेफले नेपाललाई सिरिन्जहरू उपलब्ध गराउनुका साथै कोभिड १९ खोप विस्तार निर्देशिका विकास गर्न सहयोग गरिरहेको छ । युनिसेफले नेपालका स्वास्थ्य कर्मीहरूलाई तालिम उपलब्ध गराउनुका साथै समुदायसँगै काम गर्दै खोप बारे सही सूचना प्रवाह गर्ने र जीवन बचाउन उपयोगी हुने यस्ता खोपहरू र खोप उपलब्ध गराउने स्वास्थ्य संस्था प्रति विश्वास बढाउन पनि सहयोग गर्दै आइरहेको छ ।  

नेपालमा खोप भण्डारण र वितरण क्षमता विस्तारका लागि जापान र युनिसेफको हातेमालोकाठमाडौं ।  जापान सरकारले संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) मार्फत नेपालमा खोप कोल्ड चेन प्रणालीको सबलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ ।  जापानले अनुदान मार्फत नेपालमा कोभिड १९ विरुद्धको खोपको विस्तारको लागि ९ वटा वाक इन कुलर्स , ३८ वटा सोलार ड्रिभन भ्याक्सिन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड बक्सहरू जस्ता उच्च गुणस्तरीय उपकरणहरू सहयोग गरेको हो । कोल्ड चेनको मर्मत तथा नियमित खोपको प्रभावकारी व्यवस्थापनको लागि आवश्यक मानव संसाधन विकास गर्नमा पनि यस अनुदान सहायताले सहयोग पुर्‍याइरहेको छ ।

जापानले यी उपकरणहरू गत वर्ष देखि देश भरी नै क्रमवद्धरुपमा प्रदान गर्दै आइरहेको थियो । सबै उपकरणहरू उपलब्ध गराउने कार्य भने गत आइतबार सम्पन्न भएको हो । 

नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपालले हाल ओमीक्रोन भेरियन्ट सहितको कोभिड १९ को तेस्रो लहरको सामना गरिरहेको बताउनुहुँदै यस्तो अवस्थामा नेपाललाई खोप भण्डारण र वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहायता प्रदान गरिएको बताउनुभयो । ‘महामारीको यस समयमा नेपाल सरकारको लागि खोप अभियान सबै भन्दा प्राथमिकताको विषय बन्न पुगेको छ । खोप अभियानको समयमा खोपको उपयुक्त भण्डारण महत्त्वपूर्ण हुन्छ र यो सहायताको उद्देश्य भण्डारण र देश भरी खोपको वितरण को क्षमता उल्लेख्य मात्रामा वृद्धि गर्नु हो ।’ राजदूत किकुता युताकाकोभ नाई छ । 
उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो, तुलनात्मक रुपमा छिटो र कम खर्चमा स्थापित गर्न सकिने खालको रहेको उहाँले जानकारी दिनुभयो । अनुदानमार्फत प्राप्त सौर्य ऊर्जाबाट सञ्चालित रेफ्रिजरेटरहरूले विद्यूतको आपूर्तिको अनियमितताबाट उत्पन्न समस्यासमेत समाधान गर्न उपयोगी हुने उहाँले बताउनुभयो । अनुदानबाट प्राप्त क्यारियर्स र बक्सहरूले यातायातको सुविधा नभएका ठाउँमा खोप वितरणमा सहयोगी हुने उहाँले बताउनुभयो । राजदूत किकुताले यो सहायताले खोपको पर्खाइमा रहेका हरेक व्यक्तिसम्म खोप पुर्‍याउने कार्यलाई गति दिने विश्वास गर्नुभयो । ‘म साँच्चै आशा गर्दछु की कोभिड १९ महामारीका चुनौतीहरू सामना गरिरहेका नेपाली जनताले छिटो भन्दा छिटो सामान्य र सुरक्षित जीवन जिउन पाउने छन्’ राजदूत किकुताले थप्नु भयो ।  

जापानले नेपाललाई कोभिड १९ विरुद्धका कार्यहरूलाई बल पु¥याउन हाल सम्म खोप, एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल र कोल्ड चेन उपकरणहरू उपलब्ध गराउँदै आइरहेको छ । जापानले हालै मात्रपनिहालै आर्थिक पुनर्लाभ, आर्थिक वृद्धि र सामाजिक उत्थानशीलताको लागि नेपाल सरकारलाई दश बिलियन जापनिज येन अर्थात् करिब १०.४ अरब नेपाली रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।   

नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले उच्च संक्रमण सङ्ख्यासँग जुधिरहेको अवस्थामा नेपाललाई उपलब्ध गराएको निरन्तर सहयोगको लागि जापान सरकारलाई कृतज्ञता व्यक्त गर्नुभयो ।  युनिसेफले कोभिड १९ को सुरुवातसँगै देश भित्रको आपूर्ति शृङ्खला प्रणाली बलियो बनाउन र कोभिड १९ विरुद्धको खोपहरूको व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने कोल्ड चेन क्षमताको सुनिश्चितताका लागि सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

यसका साथै युनिसेफले नेपाललाई सिरिन्जहरू उपलब्ध गराउनुका साथै कोभिड १९ खोप विस्तार निर्देशिका विकास गर्न सहयोग गरिरहेको छ । युनिसेफले नेपालका स्वास्थ्य कर्मीहरूलाई तालिम उपलब्ध गराउनुका साथै समुदायसँगै काम गर्दै खोप बारे सही सूचना प्रवाह गर्ने र जीवन बचाउन उपयोगी हुने यस्ता खोपहरू र खोप उपलब्ध गराउने स्वास्थ्य संस्था प्रति विश्वास बढाउन पनि सहयोग गर्दै आइरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button