हेटौँडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-३ लेवटमा बोलेर जिप र टिपर एक आपसमा ठक्करखाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
सोमबार राति मनहरीबाट हेटौँडा बजार तर्फ जाँदै गरेको मे १च ५९९४ नम्बरको बोलेर पिकअप र विपरीत दिशा बाट आउँदै गरेको को १क १३२८ नम्बरको खाली टिपर एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा पिकअप गाडीमा सवार २ जना पुरुष गम्भीर घाइते भएकोमा एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौँ बालाजु नयाँ बजार बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की रहेको र उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । बोलेरोमा सवार सोही ठाउँ बस्ने अन्दाजी ५० का दिनेश कार्की घाइते भएको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको रिमालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्