तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा घिमिरे

बागलुङ। समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन हुनुभएको छ । जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्द्रीय समितिले उहाँलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताउनुभयो । उहाँले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गर्नुभयो । घिमिरे न्युज–२४ टेलिभिजन र नेपालदूत अनलाइनमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button