तपाईँ सुन्दै हुनुहुन्छः

तीन पालिकाले दिए सोनाम ल्होसारमा तीन दिन बिदा

मकवानपुर । मकवानपुरका तीन वटा गाउँपालिकाले तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

तीन वटै पालिकाले आज सूचना जारी गरेर तामाङ समुदायले नयाँ वर्षको आरम्भको रूपमा मनाउने सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

जिल्लाको बागमती, बकैया र राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेका हुन् । बागमती गाउँपालिकाले माघ १८, १९ र २० गते तथा बकैया र राक्सिराङ गाउँपालिकाले माघ १९, २० र २१ गते बिदा दिने निर्णय गरेको छ ।

सार्वजनिक बिदाको समयमा कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य नियमित खोप कार्यक्रमहरू भने सञ्चालन हुने जनाइएको छ ।

उक्त गाउँपालिकाहरूमा तामाङ समुदायको बाहुल्यता रहेको छ ।

प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन मनाइने सोनाम ल्होसार र चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button