पाल्पामा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि
पाल्पा । पाल्पामा आज थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
योसँगै पाल्पामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ४५ पुगेको छ ।
संक्रमित हुनेहरूमा माथागढी गाउँपालिकाका ६ जना, रामपुर नगरपालिकाका ८ जना, पूर्वखोलाका गाउँपालिकाका ९ जना, रैनादेबी छहरा गाउँपालिकाका ४ जना, रम्भा गाउँपालिकाका ५ जना, बगनासकाली गाउँपालिकाका ७ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपलिकाका ६८ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरूमा ५२ जना पुरुष र ५८ जना महिला रहेका छन् ।
संक्रमितहरु मध्ये १३ जना अस्पताल भर्ना भएका छन् भने ७ सय ३२ जना होम आइसोलेसनमा रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण हालसम्म २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।






प्रतिक्रिया राख्नुहोस्