तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ७७ जनामा कोरोना पुष्टि

नेपालगञ्ज । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ७७ जनामा कोरोना पुष्टि भएको छ । जुन ५३.४७ प्रतिशत हो । यसमा बाँकेमा मात्र ५० जना छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८५६ छ ।

भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा १४४ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

भेरीमा ७३ नमुना जाँच्दा ५५, मेडिकल कलेजमा ४२ मा १६ र बागेश्वरी ल्याबमा २९ नमुनामा ६ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ३५ जना उपचाररत छन् । ती मध्ये ३३ जना मध्यम, १ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button