तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक अभावले अस्पतालमा छटपटाउँदै सल्यानका कामी

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ३ बाझँकोटका ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शैय्यामा छटपटाई रहनुभएको छ ।

दुई वटै मिर्गौला फेल हुनुभएका कामी काठमाडौँमा जीवन मरणको दोसाँधमा हुनुहुन्छ । आर्थिक अवस्था कमजोर हुनुभएका कामीले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताउनुभयो ।

आर्थिक अभाव हुँदा नियमित डायलिसिस गर्न समस्या भइरहेको छोरा राजेन्द्र विकले जानकारी दिनुभयो ।

‘आफूलाई बाँच्ने इच्छा छ, परिवारसँग बस्ने मन छ, सानै भए पनि सहयोग गरिदिनु होला’ कामीले आग्रह गर्नुभयो ।

सहयोग गर्न चाहने सहयोगी दाताहरूले राजेन्द्र विकको लक्ष्मी बैङ्क सल्ली बजारको खाता न ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button