बाँकेमा एकै दिन ७१ जना कोरोना सङ्क्रमणमुक्त, ३६ जना थपिए
नेपालगञ्ज । बाँकेमा आज एकै दिन ७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ । जुन ४५.५७ प्रतिशत हो ।
यसमा बाँकेका मात्र २४ जना छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८३५ छ ।
भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा ७९ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
भेरीमा २२ नमुना जाँच्दा १४, मेडिकल कलेजमा ३७ मा १६ र बागेश्वरी ल्याबमा २० नमुनामा ६ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ३६ जना उपचाररत छन् । ती मध्ये ३३ जना मध्यम, दुई जना सिकिस्त र एक जना भेन्टिलेटरमा छन् ।








प्रतिक्रिया राख्नुहोस्