रुखबाट लडेर झापामा एक जनाको मृत्यु
भद्रपुर, झापा । झापामा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–३ का ४२ वर्षीय मेघेन्द्र विक रहनुभएको छ ।मेचीनगर–३ दुधे गोलाटारमा सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते हुनुभएको थियो ।
उहाँको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्