तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितभन्दा निको हुने सङ्ख्यामा वृद्धि

File photo

काठमाडौँ ।  नेपालमा आज कोरोना सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।

आज देशभर ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित ५ हजार ९ सय २४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।  

तथ्याङ्क अनुसार हालसम्म कुल संक्रमित मध्ये ८९ दशमलव ५ प्रतिशत संक्रमित निको भएका छन् । 

आज संक्रमित ६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ३ पुगेको छ ।

हाल नेपालमा ८७ हजार ३ सय २९ जना सक्रिय संक्रमित रहेका छन् भने २० जिल्लामा ५ सयभन्दा धेरै सङ्ख्यामा सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयका अनुसार आज २ लाख ७२ हजार ७ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।  

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button