तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि तनहुँ मालपोत एक साता बन्द

तनहुँ । मालपोत कार्यालय तनहुँ एक साताका लागि बन्द हुने भएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएसँगै कर्मचारीमा पनि अमिक्रोन भाइरसको लक्षण देखिन थालेपछि कार्यालयले एक साता कामकाज बन्द गर्न लागेको हो ।

मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले शुक्रवार एक सूचना जारी गर्दै आगामी माघ १६ गतेदेखि २१ गतेसम्म कार्यालयले प्रदान गर्ने लिखत पारित, रोक्का फुकुवा, नामसारी, दाखिल खारेज, संशोधन सम्बन्धी सेवाहरू स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button