न्यायाधीशसहित ११ जना कर्मचारीमा कोरोना देखिएपछि तनहुँ अदालतको सेवा प्रभावित

तनहुँ । जिल्ला अदालत तनहुँमा न्यायाधीशसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा प्रभावित भएको छ ।
तनहुँ जिल्ला अदालतको जिल्ला न्यायाधीशसहित ११ जना कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अधिकांश कर्मचारी बिरामी परेर कार्यालय आउनै नसक्ने भएपछि अदालतबाट प्रवाह हुने सेवा १५ दिन सम्मका लागि अदालतका अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण कामकारबाही बन्द गरिएको जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।
जिल्ला अदालत तनहुँले माघ १३ गतेदेखि २८ गतेसम्म अदालत बन्द गरेको जनाएको छ ।
अदालतमा थुनछेक, म्याद थप, बन्दी प्रत्यक्षीकरण, मुद्दा दर्ता र चालु मुद्दाको मिलापत्र गराउने तथा पक्राउ पुर्जी जारी गर्ने लगायतका काम भने नियमित गर्न हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्