तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । 

शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।

स्वकीय सचिव अधिकारीले भेटमा स्थानीय तहको निर्वाचन, कोरोना संक्रमण र त्यसका लागि सरकारले चालेको कदमलगायत समसामयिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।  उहाँले यो नियमित भेटघाट भएको समेत बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button