तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतबीच उडान सङ्ख्या थपिँदै

530089923

काठमाडौँ । नेपालले भारत सरकारलाई उडान सङ्ख्या थप गर्न पठाएको प्रस्तावमा भारत सरकारले सहमति दिएसँगै दुई मुलुकबीच हवाई उडान सङ्ख्या थप हुने भएको छ । 

अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ रुटमा एक÷एक उडान गरिरहेकोमा अव दुई मुलुकबीच सातामा ५६ उडान सङ्ख्या पुर्‍याउने सहमति भएको छ ।

एयर बबल स्किमका शर्त कायमै रहने गरी उडान सङ्ख्या थप गर्न भारत सरकारले अनुमति दिएको र यस्तो शर्त ३१ फेब्रुअरीसम्म कायम रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो ।

भारतले ओमिक्रोनको फैलावटसँगै जनवरी २०२२ भर एयर बबल स्किममा शुरुवातमा दिएका उडान अनुमति मात्र कायम राखी अन्य उडान अनुमति रोकेको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतबाट तीन वटा कम्पनीले उडानका लागि नेपालसँग अनुमति मागेको प्रवक्ता कर्णले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button