तपाईँ सुन्दै हुनुहुन्छः

अति विपन्न घरपरिवारलाई कम्बल वितरण

बारा  । बारास्थित लायन्स क्लब अफ निजगढ र लायन्स क्लब निजगढ पिसले अति विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको छ ।

निजगढ नगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९ र १३ वडाका अति विपन्न समुदायका ७५ जनालाई कम्बल वितरण गरिएको हो  ।

क्लबले विभिन्न वडामा रहेका घरपरिवारलाई घरमै पुगी वडा अध्यक्ष तथा सदस्यको रोहवरमा चिसोबाट प्रभावित विपन्न परिवारका सदस्यहरूलाई कम्बल वितरण गरेको लायन्स क्लब अफ निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो  ।

कार्यक्रममा लायन्स क्लब निजगढ पिसका अध्यक्ष रञ्जन लामिछाने, क्लबका पूर्व अध्यक्ष विकास लामा, पवन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button