तपाईँ सुन्दै हुनुहुन्छः

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या ५ हजार ६४५ छ । अहिले सार्वजनिक भएको  तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम  देखिएको हो । 

विसं २०६८ को जनगणनामा यहाँ ५ हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसङ्ख्या भन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त  तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ  ।  विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् । 

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहिँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात्  सबैभन्दा कम जनसङ्ख्या रहेको छ । 

प्रारम्भिक जनगणना पहिलो चरणमा  गत भदौ ३० देखि असोज १८सम्म  र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button