तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोभिड–१९ विरुद्ध खोप लगाउने ५२ प्रतिशत, सेवा लिन आउँदा खोपकार्ड अनिवार्य

अछाम । अछाममा एक वर्षको अवधिमा करिब ५२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

१८ बर्ष माथिको उमेर समूहको १ लाख ९१ हजार जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिए पनि १ लाखको हाराहारीमा कोभिड–१९ विरुद्धको खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

एक वर्षमा हालसम्म २ लाख ४१ हजार डोज जिल्ला भित्रिएको बताउँदै लक्ष्य अनुसार खोप अभियान पुरा गर्नका लागि जिल्लाका १० वटै पालिकामा कार्ययोजना सहित अघि बढेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।

यस अवधिमा १२ देखी १७ बर्ष उमेरका २३ हजार बालबालिकालाई पहिलो डोज लगाएको र अब एक हप्ता भित्र दोस्रो डोज समेत दिइने ढुङ्गानाले बताउनु भयो । अछाममा लक्ष्य अनुसार खोप मात्रा पुरा नहुनुमा कतिपय नागरिक रोजगारीको सिलसिलामा भारत, तेस्रो मुलुक अन्य जिल्लामा भएकाले पनि लक्ष्य पुरा नभएको उहाँले बताउनुभयो ।

जिल्लाको तथ्याङ्क अनुसार ६० देखि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने अछामको लक्ष्य भएकाले त्यसका लागि सूक्ष्म योजना सहित अघि बढ्ने ढुङ्गानाले बताउनु भयो । १० वटै पालिकामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका बिचमा छलफल गरेर कोभिडको खोप लगाए नलाएको खोजी गर्ने अभियान समेत गाउँ गाउँमा सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

कोभिड–१९ नियन्त्रण गर्न खोप नै उत्तम भएकाले अबको लक्ष्य नै कोभिड पूर्ण खोप घोषणा अभियान सुरु हुने बताउनुभयो । १९ नियन्त्रण गर्न खोप नै उत्तम भएकाले अबको लक्ष्य नै कोभिड पूर्ण खोप घोषणा अभियान सुरु हुने बताउनुभयो । 

सेवा लिन आउँदा खोपकार्ड बोक्न आग्रह

कोभिड–१९ को नयाँ भेरीयन्ट ओमिक्रोन भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै अछामको मङ्गलसेन नगरपालिकाले कोरोनाविरुद्ध खोप कार्ड अनिवार्य गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरेको हो । मङ्गलसेन नगरपालिका तथा अन्तर्गतका कार्यालयमा सेवा लिने आउने सेवाग्राहीले अत्यावश्यक कागजात र सेवा बाहेक भिडभाड नगर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।

सेवाग्राहीले अत्यावश्यकका सेवा लिन आउँदा मास्क, सेनिटाईजर, प्रयोग गर्न र कोभिड१९ विरुद्धको लगाएको खोप कार्ड अनिवार्य बोकेर आउन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button