तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु 

चितवन । चितवनमा आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

त्यस्तै, आज जिल्लाभर २ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा ७ सय ३० जनाको कोरोना परिक्षण गर्दा थप २ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लाभर ३ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ७ सय २० जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जना अस्पतालमा उपचाररत छन् । 

आज जिल्लाभर १ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएको कार्यालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको २७ हजार ३ सय ८३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button