तपाईँ सुन्दै हुनुहुन्छः

सोनाम ल्होछारमा बिदाको माग गर्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापन पत्र 

मकवानपुर । नेपाल तामाङ घेदुङ सङ्घीय कार्य समितिले सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक बिदा दिन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । 

बागमती प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाइने प्रचलन रहेकाले कम्तीमा ३ दिन सार्वजनिक बिदा दिन माग गरिएको छ । 

नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, सङ्घीय कमिटी सदस्य सुनिल मोक्तान, बागमती प्रदेश कमिटीका अध्यक्ष लिलाकुमार घलान, निवर्तमान अध्यक्ष सोमबल तामाङ, लगायतले मुख्यमन्त्री पाण्डेलाई भेटरे ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् बैठकमा उक्त विषय बारे छलफल गरी निर्णय गरिने प्रतिक्रिया दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button