१० वर्षमा ३४ हजारभन्दा बढी घट्यो स्याङ्जाको जनसङ्ख्या
स्याङ्जा । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार स्याङ्जाको जनसङ्ख्या घटेको पाइएको छ ।
२०६८ को जनसङ्ख्या भन्दा ३४ हजार १८३ जनाले घटेको विभागले उल्लेख गरेको छ । २०६८ सालमा जिल्लाको कुल जनसङ्ख्या २ लाख ८९ हजार १४८ थियो । जसमा पुरुष १ लाख २५ हजार ८३३ र महिला १ लाख ६३ हजार ३१५ रहेका थिए भने कुल घरधुरी ६८ हजार ८८१ रहेका थिए ।
२०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसङ्ख्या २ लाख ५४ हजार ९६५ रहेको छ । जसमा पुरुष १ लाख १८ हजार ७६ र महिला १ लाख ३६ हजार ८८९ जना रहेका छन् । तथ्याङ्क अनुसार जिल्लामा महिलाको सङ्ख्या बढी देखिन्छ । जिल्लाको कुल घरधुरी ६२ हजार ८६७ रहेको छ भने परिवार सङ्ख्या ७० हजार ७२१ रहेको छ ।
वालिङमा जनसङ्ख्या धेरै फेँदिखोलामा कमजिल्लाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिकामा धेरै जनसङ्ख्या रहेका छन् भने सबैभन्दा कम फेँदिखोलामा देखिएको छ ।
वालिङ नगरपालिकामा ५० हजार ९३२ जनसङ्ख्या रहेको छ भने पालिकाभित्र महिलाको सङ्ख्या बढी छ महिलाको सङ्ख्या २७ हजार २७५ र पुरुष २३ हजार ६५७ रहेका छन् ।
कुल घर घर सङ्ख्या ११ हजार ३६५ र परिवार सङ्ख्या १३ हजार ७०५ रहेको छ । सबैभन्दा कम जनसङ्ख्या रहेको फेँदिखोलामा १० हजार ७८६ रहेको छ ।
जसमा महिला ५ हजार ७५१ र पुरुषको सङ्ख्या ५ हजार ३५ रहेको छ भने घर सङ्ख्या २ हजार ९१९ र परिवार सङ्ख्या ३ हजार २२२ रहेको तथ्याङ्कले देखाएको छ ।
सदरमुकाम रहेको पुतली बजार नगरपालिकाको जनसङ्ख्या ४२ हजार ७९ रहेको छ भने महिला २२ हजार ६३९ र पुरुषको सङ्ख्या १९ हजार ४४० रहेको छ भने घरधुरी १० हजार ३९० र परिवार सङ्ख्या १२ हजार १५२ रहेको छ । यता भीरकोटको जनसङ्ख्या २२ हजार ६ सय १७ हुँदा महिला १२ हजार २९७ र पुरुष १० हजार ३२० जना रहेका छन् ।५ हजार ४४ घर सङ्ख्या रहेको भीरकोटको परिवार सङ्ख्या ६ हजार २२६ रहेका छन् ।
हरिनासा गाउँपालिकामा ७ हजार २६ महिला ५ हजार ९५३ परुष गरी कुल जनसङ्ख्या १२ हजार ९७९ रहेको छ । काली गण्डकी गाउँपालिकाको जनसङ्ख्या १८ हजार ७८६ रहेको छ भने महिलाको सङ्ख्या ९ हजार ७६६ र पुरुषको सङ्ख्या ८ हजार २४२ रहेको छ ।
आँधी खोला गाउँपालिकामा ८ हजार ५४ महिला र ६ हजार ९१६ पुरुष गरी १४ हजार ९७० जनसङ्ख्या रहेको छ । अर्जुनचौपारीको जनसङ्ख्या १४ हजार ९४ रहेको छ भने महिला ७ हजार ५९९ महिला र ६ हजार ४९५ पुरुष रहेका छन् ।
अर्जुनाचौपारीमा कुल घरधुरी ३ हजार ५४९ रहेको छ भने ३ हजार ८१० परिवार सङ्ख्या रहेका छन् । बिरुवा गाउँपालिकामा १३ हजार ९ सय जनसङ्ख्या रहेका छन् । जसमा महिला ७ हजार ३२९ र पुरुष ६ हजार ५७१ महिला रहेका छन् । २२ हजार ७८७ जनसङ्ख्या रहेको चापाकोटमा महिला १२ हजार ३८९ महिला र १० हजार ३९८ पुरुषको सङ्ख्या छ । ७ हजार २२७ घरधुरी रहेको गल्याङमा ३१ हजार १२५ जनसङ्ख्या रहेका छन् । जसमा महिला १६ हजार ७१२ र पुरुष १४ हजार ४१३ जना रहेका छन् ।
गत कार्तिक २५ देखि मङ्सिर ९गतेसम्म जिल्लामा जनगणना भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्