जिल्ला कारागार बझाङमा कैदीबन्दी भेटघाट बन्द
बझाङ । जिल्ला कारागार बझाङका कैदीबन्दी भेटघाट बन्द गरिएको छ ।

भेटघाटका क्रममा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने जोखिम उच्च रहेकाले अर्को सूचना जारी नभए सम्मका लागि तत्काललाई भेटघाट बन्द गरिएको बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताउनुभयो ।
नयाँ भेरियन्ट पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा प्रतिबन्ध लगाउँदै आफन्तलाई गेटबाट फर्काउने गरेको उहाँको भनाई छ । जिल्ला अदालत बझाङले सजाँय वा पुर्पक्षमा पठाउने कैदीबन्दीलाई कोरोना परीक्षण अनिवार्य गरिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्