जिप्रका धनकुटामा अत्यावश्यकीय बाहेकका सेवा बन्द
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले भोलिबाट माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकीय बाहेकका सेवा बन्द गर्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कार्यालयमा कार्यरत केही कर्मचारीमा भएको र अन्यलाई समेत कोभिड–१९ सँग मिल्दो जुल्दो लक्षण देखिएको भन्दै भोलि माघ १२ गते बाट १८ गते सम्म नागरिकता, राहदानी, सङ्घ संस्था दर्ता नवीकरण, पेन्सन सम्बन्धी, हातहतियार तथा विष्फोटक पदार्थ अनुमति सम्बन्धी लगायतका प्रमाणित तथा सिफारिस सम्बन्धी कार्य नगर्ने निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
तर शान्ति सुरक्षा, मुद्दा सम्बन्धी, विपत् व्यवस्थापन सम्बन्धी र अत्यावश्यकीय आन्तरिक प्रशासन सम्बन्धी कार्य भने सुचारु रहने प्रशासनले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्