वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ ।

वेदकोट नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरू तथा नागरिक माझ पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको पाइएकोले यही माघ १२ देखि माघ १७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्