तपाईँ सुन्दै हुनुहुन्छः

बालक हत्यामा संलग्न भएको आरोपमा ५ जना पक्राउ

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको जगरनाथपुुर गाउँपालिकाका १२ वर्षीय बालक मन्टु प्रसाद कुर्मीको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पर्सा जगरनाथपुर गा.पा.वडा नं.६ निवासी नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको घाँटी थिची कर्तव्य गरी पुस २३ गते मारी फालेको अवस्थामा शव भेटिएको थियो ।

अनुसन्धानको क्रममा हत्यामा संलग्न भएको आरोपमा भारत फरार भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय सत्रुघन प्रसाद यादव, ३० वर्षीय मनमोहन यादव, र २५ वर्षीय रोहन प्रसाद यादवको संलग्नता पुष्टि भएको कारण उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button