आज देशभर १० हजार ३ सय १९ जनामा संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१६ हजार ६ सय ५४ नमुनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ नमुना एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौँमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५ सय ८७ र भक्तपुरमा ४ सय ५५ गरी काठमाडाँै उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन् ।
यस्तै आज २ हजार ५ सय ४० जना संक्रमित निको भएका छन् भने संक्रमित ४ को मृत्यु भएको छ ।
तथ्याकं अनुसार हाल देशभर ८२ हजार ५ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्