अदालतद्वारा कैद तोकिएका दुई व्यक्ति पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अदालतद्वारा कैद तोकिएका दुई व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । दाङ देउखुरी अदालतले कैद सजाय तोकिएका तुलसीपुर ५ का ३६ वर्षीय समीम कुरेसी र घोराही १० का ४५ वर्षीय पशुपति आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
कुरेसीलाई माघ ९ गते र आचार्य माघ ८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुरेसीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ साल असार २१ गते ४ बर्ष ५ महिना कैद र आचार्यलाई २०७७ चैत्र ५ गते १ बर्ष कैद सजाय तोकेको थियो ।

कुरेसीलाई लागुऔषध कारोबार र आचार्यलाई लेनदेनको आरोपमा अदालतले कैद सजाय तोकेको हो । दुवै व्यक्तिलाई घरमै लुकीछिपी बसेको अवस्थामा दाङ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका कुरेसी र आचार्यलाई कैद भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय दाङले अपराधीक गतिविधिमा संलग्न रही फरार रहेका व्यक्तिलाई पक्राउ गर्नका लागि सूचना दिन पनि अनुरोध गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्