“पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा”

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशीको निर्देशनअनुसार सो व्यवस्था आजदेखि सुरु गरिएको हो । महाशाखाले उक्त पुरानो बसपार्कमा “फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ” लेखिएको बोर्ड पनि राखेको छ ।
“फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपाङ्गतामैत्री व्यवस्था थप्दै जानेछौँ ।” एसएसपी जोशीले बताउनुभयो । ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुबर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्